काठमाडौं : आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लमिटिेड”को ‘आइएमई पे’ ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै ‘आइएमई पेसँग २०८०, १००% खुशी’ अफर सार्वजनिक गरेको छ ।
२०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीले १००%क्यासब्याक प्राप्त गर्नेछन् ।
सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विधुत्तिय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।