Admission Open

ad place

घट्यो इन्धनको मूल्य

डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको ३ रुपैयाँ घट्यो

काठमाडौं : पछिल्लो समय भारतबाट मूल्य घटेर आएकोले नेपाल आयल निगमले पनि इन्धनको मूल्य घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटरमा १०÷१० रुपैयाँले र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।

सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १।३५० प्रतिकिलोलिटर कायम भएको छ ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १ सय ७५ रुपैयाँ कायम गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...