Admission Open

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौँ, १९ चैत्र  : आगामी वैशाख १० गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवार मनोनयनपत्र दर्ता गरिने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि उक्त क्षेत्र रिक्त हुन पुगेको हो । त्यस्तै तनहुँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं १ पनि रिक्त हुन पुगेको हो भने बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त तिनै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...