Admission Open

आजबाट उप-निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु

काठमाडौं, ८ चैत्र : निर्वाचन आयोगले उप-निर्वाचनमा भाग लिन राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ ।

वैशाख १० गते हुने उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ गतेदेखि चैत १२ गतेको समयसीमा तोकेर दर्ताका लागि आव्हान गरेअनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

गत मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ निर्वाचन क्षेत्र रिक्त हुन पुगेको हो । त्यस्तै तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको हो । त्यसैगरी तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजिनामा दिदा बारा–२ पनि रिक्त हुन पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...