काठमाडौँ, ५ चैत्र : निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।