Admission Open

उपराष्ट्रपतिको विषयमा सहमति जुटाउन सत्ता साझेदार दलहरुको संयुक्त बैठक आज पनि बस्दै

काठमाडौँ, २ चैत्र : सत्ता साझेदार दलहरुको संयुक्त बैठक आज पनि बस्ने भएको छ । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन नसकेपछि बैठक आज पनि बस्न लागेको हो ।

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरूले समझदारी बनाउने प्रयास गरी गरेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...