Admission Open

ad place

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ फागुन : साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनचाँदी दुबैको मूल्य घटेको छ । पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आज तोलामा २ सय रुपैयाँले घटेसँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँले घटेको छ ।

तोलामा ५ रुपैयाँले घटेसँगै सोमबारचाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कोरोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...