Admission Open

ad place

निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य, आज तोलाको कति ?

काठमाडौँ, १२ फागुन : शुक्रबार सुनचाँदी दुबैको भाउ घटेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँले घटेको छापावाल सनु शुक्रबार पनि पुनः तोलामा १ सय रुपैयाँले घटेको छ ।

आज तोलामा १ सय रुपैयाँले घटेसँगै छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य शुक्रबार पनि तोलामा पुनः १० रुपैयाँले घटेको छ ।

तोलामा १० रुपैयाँले घटेसँगै शुक्रबार चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...