Admission Open

ad place

शालीनदी, माधवनारायण मेलामा ८४ लाखभन्दा बढी भेटी संकलन

काठमाडौं : काठमाडौंको शालीनदीमा लागेको एक महिने माधवनारायण मेलामा ८४ लाख ७७ हजार भेटी संकलन भएको मेला समितिले जानकारी दिएका छन् ।

गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी संकलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

यस्तै उक्त समितिले त्यहाँ आसपासमा सञ्चालन गरिएका पसलबाट पनि भाडा उठाउँदै आएको छ । भक्तजनबाट संकलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए । माघ २२ गतेसम्म चल्ने उक्त मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भर्ने विश्वास समितिले लिएको छ ।

यस्तै, शालीनदी यातायातले बिदाको दिन शालीनदी भेला भर्न पुगेका भक्तजनलाई बज्रयोगीनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क उपलब्ध गराउँदै आएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...