Admission Open

आजको मौसम : देशका केही भूभागमा आंशिक बदली हुने र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, १८ माघ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू–भागहरूमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै राती पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...