Admission Open

ad place

आज प्रतितोला ५ सयले घट्यो सुनको मूल्य

काठमाडौँ, १७ माघ : नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य आज घटेको छ । आइतबार र सोमबार उकालो लागेको छापावाल सुन मंगलबार भने तोलामा ५ सय रुपैयाँले घटेको छ ।

तोलामा ५ सय रुपैयाँले घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...