Admission Open

बाँकेमा आफ्नै बाबुले पेट्रोल छर्केर छोरालाई आगो लगाए : श्रीमतीको अवस्था गम्भीर, छोराको मृत्यु

बाबुले पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती सिकिस्त 

काठमाडौँ, १६ माघ : बाँकेमा एक युवकले श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाउँदा छोराको ज्यान गएको छ । आइतबार साँझ कोहलपुर नगरपालिका-२ शक्तिनगरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको हो।
श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

जलेर घाइते भएका दुबैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएको थियो। आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

भारततर्फ भाग्दै गरेका भानुभक्तलाई नाकाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...