Admission Open

आजको मौसम पूर्वानुमान : अधिकांश भूभागमा मौसम सफा, केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ माघ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि केही प्रदेशमा हल्क वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मंगलबार पनि  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...