Admission Open

रबि लामिछानेविरुद्धको फैसलामा के छ ?

[ पूर्णपाठ हेर्नुहोस् ]

काठमाडौं, १३ माघ : आज सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा फैसला गरेको छ । लामिछानेको नागरिकताको विषयमा परेको मुद्दामा उनलाई दोषि ठहर गरेको हो । दोषि ठहर भएसँगै लामिछानेको मन्त्री र सांसद पदसमेत गुमेको छ ।

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त गर्न प्रकृया पूरा नगरेको ठहर गर्दै उनलाई दोषि ठहर गरेको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका थिए ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

पूर्णपाठ हेर्नुहोस् :

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...