Admission Open

उपसभामुखमा इन्दिरा राना निर्वाचित

काठमाडौँ, ७ माघ : इन्दिरा राना प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। राना नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई हराउँदै उपसभामुखमा निर्वाचित भएकी हुन् ।

मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा राना १६६ मतसहित निर्वाचित भएकी हुन् । उनको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहेको थियो । यस्तै तटस्थ १ मत परेको थियो ।

प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत पाएकी छन् । उनलाई नेकपा एस र लोसपा तथा जनमोर्चाको समर्थन थियो ।

टिप्पणिहरु
Loading...