Admission Open

सभामुख देवराज घिमिरेले लिए शपथ, दिउँसो पदभार ग्रहण

काठमाडौँ, ६ माघ  : सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

घिमिरेले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिल स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए । दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा एक सय मत परेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...