Admission Open

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया : आज मनोनयन दर्ता

काठमाडौं, ६ माघ : प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।
संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज दिउँसो १ देखि ४ बजेसम्म उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । शनिबार दिउँसो १ बजे प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो । नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

 

 

टिप्पणिहरु
Loading...