Admission Open

टुंगियो भागवण्डा, आज मन्त्रीमण्डल विस्तार गरिने, नयाँ मन्त्रीको शपथ आजै दिउँसो १ बजे

एमालेको भागमा राष्ट्रपति र सभामुख

गठबन्धनमा टुंगियो भागवण्डा, मन्त्रीको आज दिउँसो १ बजे शपथ

काठमाडौं, ३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले गठबन्धनको सबैभन्दा ठूलो दल एमालेलाई आठ वटा मन्त्रालय दिने निर्णय गरेको छ । त्यस्तै माओवादी केन्द्रलाई प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपालाई ३ मन्त्री र एक राज्यमन्त्री दिइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउने छ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।

नयाँ मन्त्रीहरुको आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...