काठमाडौँ, १ माघ : सरकारले आज पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूप्रति शोक मनाउन भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उक्त विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले भोलि माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।