Admission Open

ad place

पोखरा विमान दुर्घटना : प्रभावकारी उद्धार गर्न ओलीको आग्रह

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सरकारलाई यस्तो माग गरेका हुन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

यो खबरलले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...