Admission Open

आजको मौसम :आंशिक बदली, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, १ माघ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। त्यसैका कारण पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

त्यस्तै महाशाखाले जनाए अनुसार दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

त्यसैगरी राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...