Admission Open

प्रेमीसँग रोमान्टिक अवतारमा देखा परिन् मोडल गरिमा शर्मा

काठमाडौँ : गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा  शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र सुधिर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । लोकप्रिय  गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथी कलाकारको रुपमा छन् । शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...