Admission Open

ब्राउनसुगर मुद्दामा कैद फैसला भई आठ वर्षसम्म फरार रहेका २ जना पक्राउ

रुपन्देही : लागु औषध ब्रउनसुगर मुद्दामा ०७१ सालमा कैद फैसला भई ०७९ सालको पौषसम्म फैसलाको मितिले आठ वर्षदेखि फरार रहेका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

२०७१ साउन ३० गते रुपन्देही जिल्लाको सिद्धार्थनगर १ बेलहिया स्थित भारतबाट नेपालतर्फ आउने सडकमा रेनकोट लगाएर नेपालतर्फ भित्रिरहेका २ जना मानिसहरुमाथि शंका लागी प्रहरीले चेकजाँच गर्दा ३ पुरिया ब्राउनसुगरसहित फेला परेका २५ वर्षिया विष्णु भन्ने विष्णुदेव थारु र २८ वर्षिया दिनेश थारुलाई प्रहरीले अनुसन्धान गर्दा भारतको सुनौलीको समिर मेडिकलबाट रु.२४०० रुपैयाँमा ३ पुरिया ब्राउनसुगर किनि नेपालतर्फ ल्याउँदै गरेको खुलेपश्चात तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध मुद्दा दर्ता गरी मुद्दा चलाएको थियो ।

त्यसरी पक्राउ गरी लागुऔषध मुद्दा चलाईएकोमा जिल्ला अदालत रुपन्देहीको थुनछेक बहसको आदेशले तीस हजार धरौटिमा रिहा भएको र पछी फैसलाले कैद ठहर भई फैसलाको ८ वर्ष सम्म लुकिछिपी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी टोली खटिई दुवैजनालाई खोजतलास गर्दा रुपन्देही जिल्ला साविक गजेडी गाविस वडा नं ४ हालको कञ्चन गाँउपालिका वडा नं २ वस्ने वर्ष ३४ को विष्णु भन्ने विष्णुदेव थारु र वर्ष ३७ को दिनेश थारुलाई आ(आफ्नै घर ठेगानामा फेला पारी पक्राउ गरी मिति २०७९ पौष २८ गते फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले सोहि दिननै कारागार चलान गरिएको छ ।

टिप्पणिहरु
Loading...