
काठमाडौं, २६ पौष : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचक २१।३५ अंकले ओरालो लागेर २१९०।४२ विन्दुमा पुगेको छ । लगातार उकालो लागेको सेयर बजार परिसूचक आज भने दोहोरो अंले घटेको छ। नेप्से आज २१ दशमलव ३४ अंकले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको छ।
आज बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ। आज दुई सय ५४ वटा कम्पनीका दुई करोड आठ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६५ करोड ८८ लाखको कारोबार भएको छ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोड र अपी पावर कम्पनीले २० करोडको काराबोर गरेका छन् । आज विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अंकले ओरालो लागेको छ।


