Admission Open

ad place

घट्यो इन्धनको भाउ, अबको मूल्य कति ?

tel.jpg

काठमाडौं, २५ पौष : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमले पनि इन्धनको भाउ घटाएको छ । निगमले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपैयाँमा घटाएको हो ।

निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य घटाइएको जानकारी दिएको हो । योसँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ भएको छ ।

यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेकाले नेपालमा मूल्य यथास्थितिमा राखेको थियो ।

tel.jpg

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...