Admission Open

ad place

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १८ घाइते

काठमाडौं : पाल्पामा बस दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका(८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको थियो।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो । १८ जना घाइते भएका छन् ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...