Admission Open

गण्डकी प्रदेश सरकारले २० पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्ने

पोखरा : गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्ने भएको छ । पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा योजना छनोट गरेको छ।

प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो ।

पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख पोषानाथ शर्माले जानकारी दिए ।

पाँचरपाँच लाख बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर–काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया–दुरलेकको मेला जाने पदमार्ग र रु सात लाख विनियोजन भएको रघुगङ्गा–३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा–सुवा पदमार्ग र अन्धगल्छी–रुप्से छहरा-भूमे मन्दिर पदमार्ग निर्माणका लागि रु १०र१० लाख विनियोजन गरिएको छ ।

रघुगङ्गा गाउँपालिका-४ को भूमेथान चौतारी निर्माणमा रु दुई लाख, बेनीको मसिना ढुङ्गा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि रु १५ लाख, गैराबारी-ढुङ्गेटा खेतदेउने पदमार्गका लागि रु पाँच लाख र गुफा राममन्दिर परिसरमा उद्यान निर्माणमा रु १५ लाख विनियोजन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...