Admission Open

ad place

आइतबार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको छापावाल सनको मूल्य यस साताको पहिलो कारोबार दिन आइतबार पनि पुनः ३ सयले बढेको छ ।

तोलामा ३ सय रुपैयाँ बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आइबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...