पाेखरा, १५ पौष : गुरुङ समुदायले आज बिहीबार‘तमु ल्हो सार’ पर्व मनाएका छन । याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ । ’ ल्हो को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा समेत दिएकाे थियाे ।
तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु धि नेपालका संस्थापक अध्यक्ष कर्मा गुरुङ लगायले बाेल्नुभएकाे थियाे भने बिधिन्न ब्यत्तिहरुलाई सम्मान समेत गरिएको थियाे ।