Organ Donation

Organ Donation

Election Commssion Nepal

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् ।

कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको पहिलो खेल पुस १८ गते कञ्चनपुर र बैतडीबीच तथा दोस्रो खेल डोटी र अछामबीच हुनेछ संघले जनाएको छ । शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।

उक्त छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने छ ।

टिप्पणिहरु
Loading...