Admission Open

ad place

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको निर्वाचन आज हुने

काठमाडौँ, १३ पौष : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको निर्वाचन आज हुने भएको छ । जसपाले निर्वाचन सम्बन्धि सबै प्रक्रिया सकेर आज दिउँसो साढे २ बजे निर्वाचन गर्ने भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुने छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...