
काठमाडौं, १० पौष : नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज साँझ पाँच बजे सकिंदै छ
। राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । कांग्रेस छोडेर प्रचण्ड बालकोटतिर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको छ।
हेर्न बाँकी छ कुनै नयाँ शिराबाट कुरा अगाडि बढ्छ र सरकार गठनको नयाँ समीकरण बन्छ कि ।


