Admission Open

सर्वाधिक रुचाईएको भिभो वाई ३५ स्मार्टफोन : प्रदर्शन र क्यामेराको पावरहाउस

आजको पुस्ता यस्तो स्मार्टफोनको खोजीमा छन् जसले उनीहरूको सबै आवश्यकताहरू पूरा गर्दछ । विकसित आवश्यकताहरू बुझ्दै, भिभो, एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले केहि समय अघि नेपालमा भिभो वाई३५ सार्वजनिक गरेको थियो जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो । भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन् र वाई३५ लाई यसको सुलभ मूल्य तथा आकर्षक विशेषताका कारण प्रयोगकर्ताहरुले निकै रुचाएका छन् ।

वाई३५ लाई स्मार्टफोन बजारमा सबैभन्दा उत्कृष्ट उत्पादनहरू मध्ये एक बनाउने शिर्ष कारण र प्रकार :

शक्तिशाली प्रदर्शन
भिभो वाई३५ नवीनतम अक्टा–कोर स्न्यापड्रेगन ६८० द्वारा संचालित छ जुन २.४ गिगाहर्ज घडिको गतिमा चल्छ । यसले ठूला एप्लिकेसनहरू निर्बोध रुपमा कार्य गर्न मद्दत गर्दछ । यो ८जीबी+८जीबी विस्तारित र्यामको साथमा आउँछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने एपहरू सजिलैसँग चलाउन, डाउनलोड गर्न र एकबाट अर्कोमा स्विच गर्न अनुमति दिन्छ । यसमा १२८जीबी रोम रहेको छ जसलाई १टिबीसम्म विस्तार गर्न सकिन्छ ।

शक्तिशाली ब्याट्री
भिभो वाई३५ मा ५०००एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले ब्याट्री नटिक्ने साझा चिन्तालाई कम गर्दछ । यसको एआई पावर–सेभिङ टेक्नोलोजीका कारण एक पटक पूर्ण चार्ज गरेपछि २ दिनसम्म, अनलाइन एचडी भिडियो स्ट्रिमिङ गर्दा १४.३ घण्टा र ग्राफिक्स–इन्टेन्सिभ खेलहरूका लागि ७.०५ घण्टासम्म समर्थन गर्न सक्छ । रिभर्स चार्जिङ सुविधाले तपाईं बाहिर हुँदा अन्य उपकरणहरु पनि चार्ज गर्न सक्नुहुन्छ । फोनमा ४४ वाट फ्ल्यासचार्ज रहेको छ जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा रिचार्ज गर्न अनुमति दिन्छ । त्यसोभए अब ब्याट्रीको चिन्तालाई सूचीबाट हटाउने होइन त?
उत्कृष्ट क्यामेरा विशेषताहरू
वाई३५ मा शानदार ५०एमपी ट्रिपल रियर क्यामेरा छ जसले स्पष्ट र सुन्दर तस्वीरहरू लिन मद्दत गर्दछ । यसमा धेरै नवीनतम र फ्ल्यागशिप क्यामेरा विशेषताहरू छन् जसले प्रयोगकर्ताहरूको लागि समग्र इमेजिङ र भिडियोग्राफी अनुभवलाई सुधार गर्दछ । वाई३५ को भिडियो फेस ब्यूटी बोकेह क्यामेरा, मल्टी–स्टाईल पोर्टे«ट सुविधाहरूले प्रत्येक फ्रेमलाई बढाउँछ । दुबै अगाडि र पछाडिको क्यामेरामा सुपर नाइट मोडले कम प्रकाशमा पनि सुन्दर रात्रि दृश्यहरू खिच्न बहु–फ्रेम डिनोइजिङ प्रयोग गर्दछ ।

आकर्षक डिजाइन
वाई३५ मा प्रभावशाली प्रदर्शन र उत्कृष्ट क्यामेरा बाहेक यसको लुक पनि उत्तिकै आकर्षक छ । यसमा फ्ल्याट फ्रेम र २.५डी कर्भेचर छ । यसमा फ्रोस्टेड एन्टि–ग्लेयर (एजी) सतह रहेको छ जसले फोनलाई स्क्र्याच– र फिंगरप्रिन्ट–प्रतिरोधी बनाउँछ र सुरुचिपूर्ण अनुभव प्रदान गर्दछ । साइड फिंगरप्रिन्ट डिजाइनले पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर स्मार्टफोनहरूलाई अझ मनमोहक बनाएको छ । यसमा फेस वेक सुविधा पनि छ । यो उपकरण एगेट ब्ल्याक र डन गोल्ड कलर भेरियन्टमा आउँछ जसले तपाईंको दैनिक जीवनलाई थप स्पार्क दिन्छ । यसको मुल्य नेपालमा रु ३०,९९९ मात्र रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...