Admission Open

ad place

आज सुनचाँदीको मूल्य स्थिर, कारोबार कतिमा ?

काठमाडौं, ४ पौष : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ६ सय रुपैयाँले बढेको छापावाल सुन सोमबार भने स्थिर रहेको हाे।

आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तोलाका १ लाख रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कोरोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...