Admission Open

ad place

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ। विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लंघन गर्ने चार सय ५६ जनाबाट रु तीन लाख ४७ हजार उठाएको हो ।

उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिकरूपमा पनि सवारी चालकले गर्ने नियम उल्लंघनका बारेमा अनुगमन गर्ने गरेको छ।

यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो। विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...