Admission Open

विश्वकपको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

विश्वकपको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

काठमाडौँ, ३ पुस : कतारमा जारी फिफा विश्वकप फुटबलको २२औं संस्करणको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ८ः४५ मा बजे लुसिल स्टेडियममा सुरु हुनेछ ।

गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

समान दुईदुई पटक विश्वकप जितिसकेका फ्रान्स र अर्जेन्टिना दुबै टिम तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिने छन् । त्यसैले पनि आजको  खेल रोचक हुनेछ । आइतबारको खेलमा धेरैको नजर अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पेमाथि हुनेछ। ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर पनि हुनेछ ।

टिप्पणिहरु
Loading...