Admission Open

ad place

पुस ७ गतेदेखि सुरु हुने लेखनाथ महोत्सवको तयारी तीव्र

लेखनाथ : ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको १८ औं सस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढेको छ ।

पुसको ७ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवलाई सफल पार्नका लागि गठित विभिन्न उपसमितिहरुको शुक्रबार भएको भेलाले आ(आफनो समितिबाट गरिएका प्रगति विवरण र तयारीका बारेमा जानकारी गराइएको थियो ।

महोत्सव आउन अब केही दिन मात्र बाँकी रहेकाले अबको तयारीलाई कसरी अगाडि बढाउने भन्ने सवालमा सुझावहरु संकलन गरि अन्तिम तयारीमा जुट्नका लागि महोत्सका संयोजक छत्रधर आत्रेयले सबैलाई अनुरोध गरेका थिए ।

आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ भएपनि यो महोत्सवलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य रहेकाले विगतमा संगालिएका अनुभव र देखिएका कमि कमजोरीलाई हटाउदै महोत्सवलाई सफल पार्न सबैले आ(आफुले पाएको जिम्मेवारीलाई पूरा गर्नुपर्ने बैठकको निष्कर्ष थियो ।

संघका अध्यक्ष आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरी भण्डारी र निवर्तमान अध्यक्ष बलराम ढकाललगाएतले महोत्सवलाई व्यवस्थित बनाउनका लागि विगतका कमि कमजोरीलाई सूक्ष्मरुपमा नियाली नयाँ-नयाँ गतिविधि तथा प्रविधिको प्रदर्शनीलाई अगाडि बढाउनु पर्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...