
भक्तपुर : भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटरले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ । काठमाडौंको मुपानीबाट बोडेतर्फ आउँंदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले पैदलयात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।


