Admission Open

दोलखामा एमालेको अग्रता कायमै : शिवाकोटी र कार्कीको कडा टक्कर

दोलखामा शिवाकोटी र कार्कीको कडा टक्कर, ३० मतले एमालेको अग्रता

काठमाडौं : दोलखाको प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा एमालेका बालकृष्ण शिवाकोटीले झिनो मतले अग्रता लिएका छन् ।

सोमबार बिहानसम्म माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहेका भए पनि बिगु गाउँपालिका ओराङको मत गनिसक्दा शिवाकोटीले अग्रता लिएका छन् ।

एमालेका शिवाकोटीले ३३९३९ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कार्कीले ३३९०९ मतका साथ उनलाई पछ्याइरहेका छन् । मतान्तर जम्मा ३० मात्र छ । अब ४ वटा वडा मात्र मत गन्न बाँकी छ ।  बिगुको लामाबगर, शैलुङको दुधपोखरी र भूसाफेदा, मेलुङको पवटी बुथको मतगणना बाँकी छ ।

टिप्पणिहरु
Loading...