Admission Open

भृकुटीमण्डप ठूलो चौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ जारी

काठमाडौं : फुटवयेर म्यानुफ्यक्चर्स एशोशिएशन अफ नेपालले काठमाडौं भृकुटीमण्डपस्थित ठूलो चौरमा आयोजना गरेको जुत्ता चप्पल व्यापार मेला जारी छ । जाडो मौषमलाई लक्षित गरी एसोसिएसलने मेला आयोजना गरेको पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

जाडो मौसम र लगन तथा शुभ मुहुर्तलाइ मध्यनजर गर्दै आयोजना भएको मेलाबाट धेरै ग्राहकहरु लाभान्वित भइरहेकोे उनले बताए । १५ देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री भइरहेकाले धेरै ग्राहक लाभान्वित भएको उनको भनाइ छ ।

मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएको मेला सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए । ‘बच्चादेखि बृद्धसम्म सबैलाई मिल्ले लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु उपलब्ध छन्,’ उनले भने ।

मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिल लगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टल मेलामा राखिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...