Admission Open

विश्वकप फुटबल : साउदी अरेबियाको सानदार जित, अर्जेन्टिना पराजित

May be an image of 3 people, people playing sports and outdoors

काठमाडौँ: कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदी अरेबियासँग नमिठो हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो ।

खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १(१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २(१ को जित दिलाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...