Admission Open

आजको मौसम पूर्वानुमान : सामान्य बदली भई केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं, ४ मंसिर मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाले दिएको जानकारी अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...