Admission Open

ad place

आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली र हल्का हिमपातको सम्भावना

काठमाडौं, २ मंसिर : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यसैगरी पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ । महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...