Admission Open

ad place

मंसिर ४ र ५ गते सार्वजनिक विदा

[ मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने ]

काठमाडौं, २९ कात्तिक : आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । त्यसैगरी सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते पनि बन्द हुने कुरा गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाईएको छ।

सूचनामा भनिएको छ, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...