काठमाडौं : सोमबार घटेको सुनचाँदीको मूल्य मंगलबार भने बढेको छ । सोमबार तोलामा १ सयले घटेको छापावाल सुनको मूल्य मंगलबार भने तोालमा १ हजार रुपैयाँले बढेको छ ।
तोलामा १ हजार रुपैयाँले बढसँगै मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । तोलामा ३० रुपैयाँले बढेसँगै मंगलबार चाँदी प्रतितोलाको १ हजार ३ सय २५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।