काठमाडौँ, २२ कात्तिक : नेपाली बजारमा सुनको मूल्य फेरि लगातार ओरालो लागि रहेको छ । सोमबार २ सय रुपैयाँले घटेको छापावाल सुन मंगलबार पनि फेरि तोलामा ३ सय रुपैयाँले घटेको छ ।
तोलामा ३ रुपैयाँले घटेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।