Admission Open

अपहरण गरी सामुहिक जवरजस्ती करणी (ग्याङ रेप) कसुरमा संलग्न ९ जना पक्राउ

सालझण्डी, रुपन्देही : कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रम हेरी दाजुहरुसँगै रातको सबा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२र१३ जनाको समूहले मोटरसाईकलले बाटो छेकी घरेलु धारिलो हतियार (दाउ र हसिया) देखाई पीडित बालिकासँगै रहेका मानिसहरुलाई शारीरिक आक्रमण गरी १५ र १६ वर्षिया नाबालिकहरुलाई ३ वटा मोटरसाईकलमा अपहरण गरेका थिए ।

सो मध्ये ६ जनाको समूहले १६ वर्षिया नाबालिकालाई कञ्चन गाउँपालिका २ स्थितको गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगि पालैपालो हातखुट्टा समाई जवरजस्ती करणी गरिरहँदा नाबालिक चिच्याएपछि गाउँलेहरुले थाहा पाई प्रहरीलाई खबर गरी सो स्थानतर्फ रातको करिब १:३० बजे प्रहरी पुग्दा समुहका ६ जना ब्यक्तिहरु पीडितलाई सोही स्थानमा छाडी खोलैखोला भागेका थिए । पीडित बालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पीडित बालिकाका दाजुहरु समेत घाईते भएका थिए ।

एकै ठाउँबाट अपहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षिया नाबालिक कहाँ छिन भनी तत्काल प्रहरीले खोजतलास गर्दा अपहरणमा परेकी १५ वर्षिया नाबालिकलाई पहिलेको घटनास्थलबाट करिब २ किलोमिटर उत्तरमा रहेको देउराली सामुदायिक बनको घनाजंगलमा लगि रातको १:५५ बजेको समयमा ७ जनाले पालैपालो जवर्जस्ती करणी गरिरहेको अवस्थामा नाबालिक रोई चिच्याईरहेको सुनी जंगलमा प्रहरी समेतले खोजतलास गर्दै जाने क्रममा पीडित बालिकालाई एक्लै फेला पारी उद्दार गरेको थियो । त्यसैगरी घटनामा संलग्न मानिसहरु तत्कालै जंगलैजंगल हुँदै फरार भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्र ना उ श्यामु अर्यालले जानकारी गराउनुभयो ।

घटनामा संलग्न व्यक्तिहरु भागी फरार रहेकोमा २०७९ कात्तिक १६ गते नै प्रहरीले खोजतलास गर्ने क्रममा ९ जना प्रतिवादीहरुलाई ईलाका प्रहरी कार्यालय सालझण्डी, रुद्रपुर र सुर्यपुराको संयुक्त प्रहरी टोलीद्वारा रुपन्देही जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका सम्पूर्ण प्रतिवादीहरुलाई अपहरण र करणीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...