काठमाडौं, १७ कात्तिक : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार तोलामा ५ सयले बढेको छापावाल सुनको मूल्य बिहीबार भने तोलामा ४ सयले घटेको छ ।
तोलामा ४ सय रुपैयाँले घटेसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार छापावाल सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार तेजाबी सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १२ सय १५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । बुधबार चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।