Admission Open

ad place

आज बढ्यो मूल्य : हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ, १६ कात्तिक : नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार पनि पुनः बढेको छ । मंगलबार तोलामा १ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि पुनः तोलामा ५ सय रुपैयाँले बढेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १२ सय २५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । मंगलबार चाँदी तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...