Admission Open

टि–२० विश्वकप क्रिकेटमा आजका खेल : नेदरल्यान्ड्स बिरुद्ध जिम्बाबे तथा भारत बिरुद्ध बंगलादेश

काठमाडौँ : टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन ।

जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खेलमा समान ४ अंक भए पनि रनरेटका आधारमा भारत दोस्रो र बंगलादेश तेस्रो स्थानमा छ । समूह ‘२’ मा ३ खेलमा ५ अंकका साथ दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । यो समूहमा रहेको पाकिस्तान तीन खेलमा २ अंकका साथ पाँचौ स्थानमा छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...